Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Uncategorized

गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

Kamal Tamang January 12, 2026 1 min read
1
Share On:

काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, ‘प्रशान्त तामाङको योगदान अतुलनीय छ । उनले आफ्नो गायन र कलाकारितामार्फत सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गरे । यो हाम्रो लागि ठूलो क्षति हो, कठिन घडीमा हामी उनको परिवारसँगै छौँ ।’

दार्जिलिङका स्थायी बासिन्दा तामाङको आइतबार दिल्लीस्थित निवासमै निधन भएको थियो । यस विषयमा दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले जानकारी दिँदै भने, ‘आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो ।

अस्पतालमा प्रशान्त तामाङलाई ‘ब्रोउट डेड’ घोषणा गरिएको थियो । घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको छ । मृत्युको कारण पुष्टि गर्न पोस्टमार्टमका लागि शव डीडीयू अस्पताल पठाइएको थियो ।’

उनका अनुसार, पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद कारणबारे निष्कर्ष निकाल्न कठिन रहेको छ । तामाङसँगै उनकी पत्नी र छोरी बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु–याएकी थिइन् ।

यसैबीच, तामाङकी पत्नी मार्था एली तामाङले निधनप्रति आएका शुभेच्छा र समवेदनाप्रति आभार व्यक्त गर्दै मृत्यु प्राकृतिक भएको स्पष्ट पारेकी छन् । ‘कुनै पनि शंकास्पद अवस्था थिएन । उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए । म त्यही बेला उनको छेउमै थिए’, उनले भनिन् । इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।

उनी ‘पाताल लोक सिजन २’मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा पनि देखिने अपेक्षा गरिएको थियो । उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, समग्र गोरखा समुदायलाई शोकमा डुबाएको छ ।

Post navigation

Previous: बैतडीको साँडीघाँटीमा जिप दुर्घटनाः तीन जनाको मृत्यु
Next: विशेष महाधिवेशनको आवश्यकता किन पर्‍यो भनेर व्याख्या गरेको छु : गगन थापा

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.