Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

   चारदिनदेखि ठप्प मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण, वार्तामा बस्दै 

Kamal Tamang November 10, 2025
1
Share On:

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ । पटक–पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् ।

विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।

उनीहरुले ०८१ असोज २१ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवीबीच भएको १० बुँदे समझदारी एउटा पनि कार्यान्वयन नभएकाले बाध्य भएर मुहानको सुरुङ बन्द गर्नुपरेको सरोकार समितिका सदस्य एवं वार्ता टोली सदस्य विष्णु खड्काले जानकारी दिए ।

वार्ताटोलीका सदस्य खड्काका अनुसार आइतबार खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी सचिव प्रमिलादेवीको संयोजकत्वमा मेलम्ची पीडित संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल र युवाहरूको उपस्थितिमा यसअघि भएका सहमति कार्यान्वयनको लागि छलफल भएको हो ।

उक्त वार्ता प्रधानमन्त्री र अर्थ मन्त्रीसँग थप छलफल गरेर आज बस्ने भन्दै विनानिष्कर्ष टुंगिएको थियो । सोमबार ९आज० २ बजेसम्म खानेपानी सचिव प्रमिलादेवीले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा छलफल गरेर आएपछि वार्ता बस्नेछ ।

अनौपचारिक छलफलमा तत्काल पूरा गर्न सक्ने माग पूरा गरेर अन्य विषयमा वार्ता समिति गठन गर्ने छलफल भए पनि प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रलायमा खानेपानी सचिवको छलफलपछि थप वार्ता हुनेछ । दुवै स्थानको छलफलपछि खानेपानी सचिव प्रमिलादेवी र संघर्ष समितिबीचमा दिउँसो खानेपानी मन्त्रालयमा वार्ता समय तोकिएको खड्काले जानकारी दिए ।

Post navigation

Previous: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने आयोगको तयारी 
Next: उर्जामन्त्री घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.