Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

लगातार पाँचौ दिन बढ्यो सेयर बजार, कति भयो कारोबार ? 

Kamal Tamang November 27, 2025 1 minute read
sha
Share On:

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो । १३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १।४७ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढे । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ९.६२, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत मूल्य घट्यो ।

हिमस्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशत घट्यो । माहुली लघुवित्तको ४.१६, जोशी हाइड्रोपावरको ३.६१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

Post navigation

Previous: नेपाल प्रिमियर लिगः सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार
Next: प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.