काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले करदाताले तिरेको पैसाको सदुपयोग हुनुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा खनालले करदाताको पैसाको उपयोग हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए ।
उनले हरेक ब्यक्तिको आफ्नो क्षमता हुने र त्यसको उपयोग हुनुपर्ने पनि बताए । खनालले जेनजी आन्दोलनसँग जोड्दै भने सडकबाट कसैलाई दोषी करार गर्न नहुने र गलत सूचना प्रवाह गरेर मिडियाले पनि भ्रम फैलाउन नहुने उल्लेख गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रको प्रबर्द्धन गर्न चालु पूजी कर्जा तुरुन्त खारेज गर्नुपर्ने बताए । अर्थतन्त्रको मुहान नै निजी क्षेत्रभएकोले यसको प्रबर्द्धन सरकारले गर्नुपर्ने बताए ।नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको योगदान बढाउन सरकारले थप सहयोग गर्दै जानुपर्ने पनि बताए ।
