Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

फोटोनको ‘टोटल केयर’, देशभर १७ सेवा केन्द्रबाट आफ्टर सेल्स सर्भिस

Kamal Tamang December 2, 2025 1 minute read
1
Share On:

काठमाडौं । फोटोन मोटर्सले नेपालमा आफ्नो बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउँदै ‘फोटोन टोटल केयर’ अभियानलाई सुदृढ बनाएको छ।सवारी साधन खरिद गरेपछि पनि ग्राहकलाई दीर्घकालीन सहयोग प्रदान गर्ने उद्देश्यले कम्पनीले यो सेवालाई प्राथमिकतामा राखेको हो।

कम्पनीले हाल देशभर १७ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ। शहरदेखि ग्रामीण भेगसम्म फैलिएको यो सञ्जालले ग्राहकलाई जुनसुकै स्थानबाट पनि सहज रूपमा सर्भिसिङ, मर्मत सम्भार तथा पार्टपुर्जाहरू उपलब्ध गराउँदै आएको छ।

‘फोटोन टोटल केयर’ अन्तर्गत ग्राहकले भरपर्दो मर्मत सेवा, १०० प्रतिशत जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधा, रोडसाइड असिस्टेन्स र डेडिकेटेड कस्टमर केयरको सुविधा पाउनेछन्।

यो एकीकृत प्रणालीले सवारी साधनको ‘डाउनटाइम’ कम गर्न मद्दत गर्नुका साथै व्यवसायीहरूलाई मानसिक शान्ति प्रदान गर्ने कम्पनीको दाबी छ। फोटोनका अनुसार हरेक सेवा केन्द्रमा विशेष तालिमप्राप्त र प्रमाणित प्राविधिकहरू खटिएका छन्।

जेन्युइन पार्ट्सको प्रयोग र दक्ष प्राविधिकको सेवाले गाडीको आयु लम्बिने, कठिन सडकमा पनि कार्यक्षमता कायम रहने र सुरक्षाको प्रत्याभूति हुने कम्पनीले जनाएको छ।

ग्राहकलाई नियमित सम्पर्कमा राख्न र समस्याको तत्काल समाधान गर्न कम्पनीले सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो-अप जस्ता अभ्यासहरू पनि गर्दै आएको छ।

यसै क्रममा कम्पनीले गत अगस्टदेखि सेप्टेम्बरसम्म ‘मेगा मनसुन सर्भिस क्याम्प’ सञ्चालन गरी देशभरका ग्राहकलाई चेकअप तथा विशेषज्ञ परामर्श प्रदान गरेको थियो। विश्वसनीयता, ग्राहक सन्तुष्टि र दीर्घकालीन लाभलाई केन्द्रमा राखेर नेपालको मोबिलिटी (यातायात) क्षेत्रको आवश्यकता पूरा गर्न फोटोन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

Post navigation

Previous: डोमिनार डेः आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
Next: बाजुराको सदरमुकाम मार्तडी बजारमा आगलागी, आगो निभाउने प्रयास जारी

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.