Skip to content
September 21, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरुसँग छलफल

Kamal Tamang December 7, 2025
1
Share On:


काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चकुपाटमा सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो । कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर्दछ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए ।

विशेषगरी विद्यालय, परिवार, अनलाइन प्लेटफर्म तथा समुदायमै हुने दुव्र्यवहार र त्यसले बालबालिकाको सुरक्षा र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे सहभागीहरूले आफ्ना अनुभव र तथ्यसहित प्रस्तुत गरेका थिए ।

छलफलमा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि अभिभावकदेखि स्थानीय सरकार, विद्यालय, समुदाय, सञ्चार माध्यम र अधिकारकर्मी सबैको समन्वित भूमिकाको आवश्यकता रहेको जोड दिइएको थियो । सहभागीहरूले प्रभावकारी रोकथाम प्रणाली, सचेतना अभियान, अनुगमन संयन्त्र मजबुत पार्ने तथा बालमैत्री सहयोग सेवालाई सहज र सबैको पहुँचमा पु¥याउनुपर्ने सुझावसमेत दिएका थिए ।

Post navigation

Previous: दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गयो
Next: भारतको गोवामा नाइट क्लबमा सिलिण्डर पड्कियोः २३ जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.