काठमाडौं । भारतको उत्तराखंडको अल्मोडा जिल्लामा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिलासहित १२ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरी प्रशासन घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।
अल्मोडाको भिकियासेन इलाकामा पर्ने शिलापानीमा बस दुर्घटना भएको हो । बस भीरबाट खसेको थियो । अधिकारीका अनुसार बसमा १९ जना यात्रु सवार थिए ।
चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा ५ पुरुष र दुई महिला रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल अकाउन्ट पीएमओ एक्स पोस्टमा दुर्घटनाप्रति दुस्ख व्यक्त गरिएको छ ।
