Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

Kamal Tamang January 5, 2026
1
Share On:


काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।

उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ । बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा भने कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए ।

जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए ।बस्नेत सक्रिय रूपमा सडक र राजनीतिक गतिविधिमा उत्रिएपछि एमालेका अन्य नेता तथा अन्य राजनीतिक दलहरू पनि क्रमशः सार्वजनिक रूपमा सक्रिय बनेका थिए।

यसैबिच, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ । बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन् । एकल नाम सिफारिस भएकोले यी निर्वाचन क्षेत्रबाट उनीहरू चुनाव लड्ने करिब निश्चित भएको छ । तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ ।

Post navigation

Previous: भीमफेदी सुमो दुर्घटनाः मृत्यु हुने ६ मध्ये ४ जनाको पहिचान खुल्यो
Next: सर्वसाधारणको लागि विजय लघुवित्तले खोल्यो एफपिओ 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.