काठमाडौं। नयाँ सरकार गठन भएसँगै देशले नयाँ प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीलाई पाईसकेको छ । त्यस्तै अब गृहमन्त्रीको को–आउलान् भन्ने प्रश्न ? आम जन–मानसपटलमा उब्जीएको छ । यसैक्रममा कूटनीति, प्रशासन र सुरक्षा ‘तीनवटै’ क्षेत्रमा दख्खल राख्ने पूर्व आईजिपी सर्वेन्द्र खनाल गृह मन्त्रीका लागि अब्वल देखिन्छन् । किन भने अपराध नियन्त्रणदेखि लिएर संवेदनशील राजनीतिक घटनासम्म उनले निष्पक्ष र कानुनसम्मत ढंगले व्यवस्थापन गरेको अनुभव छ।
देशलाई मजबुत बनाउन राजनीति, प्रशासन वा सुरक्षासेवा जुनसुकै क्षेत्रमा होस्, इमानदारीका साथ राष्ट्रसेवामा जीवन अर्पण गर्ने व्यक्तिहरूको योगदान अमूल्य हुन्छ। “आफ्नो पूरा जीवन राष्ट्रसेवामा इमानदारीका साथ लगाउने मानिसलाई जिम्मेवारी दिन सक्दा न त देशलाई दुःख हुन्छ, न त त्यस्तो व्यक्तिलाई।” यो भनाइ नेपालको सन्दर्भमा सर्बेन्द्र खनाल जस्तो व्यक्तित्वमा पूर्ण रूपमा लागु हुन्छ।
खनालले आफ्नो पेशागत जीवन नेपाल प्रहरी मार्फत शुरु गरे र Inspector General of Police (IGP) पदसम्म पुगेर सेवा गरे। उनको सेवाकालमा इमानदारी, अनुशासन र निडर निर्णयको छाप रहेको छ ।
पूर्वआईजीपी खनाल अहिलेको परिवेशमा गृहमन्त्री सम्हाल्न सक्ने ब्यक्ति हन् । अनुशासन, सुरक्षा व्यवस्थापनको अनुभव र भ्रष्टाचारविरुद्धको कडा दृष्टिकोण खनालसँग गृह मन्त्रीको भूमिका सम्हाल्ने राम्रो कारणहरू हुन् । तर विकल्प नहुँदासम्मको दावीलाई दिगो बनाउन उपर्युक्त आलोचनात्मक पक्षहरूको जवाफ र सार्वजनिक प्रत्याभूति आवश्यक हुन्छ। यदि हामिले उनलाई समर्थन दिँदै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गराउने रणनीति अगाडि राख्नु सबभन्दा बुद्धिमानी हुनेछ । योग्यलाई जिम्मेवारी दिँदा देशलाई क्षति हुँदैन, फाइदा हुन्छ। त्यस्ता व्यक्तिलाई पद सजावट होइन, सेवा गर्ने अवसर लाग्छ।
जनताले भरोसा गर्न सक्ने नेतृत्व जन्मिन्छ।
त्यस्तै खनाल नेपाल प्रहरीको प्रहरी महानिरीक्षक हुँदा उत्कृष्ट कार्य गरेको, ६२६३ को आन्दोलन ताका उपत्यकाको कमान्ड सम्हालेको र सहि तरिकाले आन्दोलन अवतरण गराउन उत्कृष्ट भुमिका निर्भाह गरेका समेत गरेका थिए
खनालले आईजीपी हुँदा अन्तरास्ट्रिय स्तरमा यूएनमा रहेर ३ बर्ष काम गरेको, इन्टरपोलबाट समेत पुरस्कृत भएको र अहिले पनि नेपालबाट भ्रस्टाचार उन्मुलन हुनुपर्छ र सुशाशन कायम हुनुपर्छ भन्दै जेनजी को आन्दोलनमा समेत ऐक्यबद्धता जनाएका थिए ।
सर्बेन्द्र खनालजस्ता व्यक्तिहरूले प्रमाणित गरिसकेका छन् कि इमानदारी, निष्ठा र राष्ट्रप्रतिको अटूट लगावले मात्र प्रणालीलाई बलियो बनाउन सक्छ। अब नेपालको नयाँ यात्रामा आवश्यकता छ । आफ्नो जीवन राष्ट्रसेवामा लगाएका, इमानदार, अनुशासित र देशलाई बाहिर, भित्रबाट राम्रोसँग बुझेका सर्बेन्द्र खनालजस्ता व्यक्ति गृहमन्त्रीमा आए देशको मुहार छिट्टै परिवर्तन भएको देख्न पाइने छ ।
गृहमन्त्रीमा किन खनाललाई सर्वोत्तम मान्न सकिन्छ ?
इमानदारी र निडरताको परिचयः उनलाई धेरैले “चाकरी नगर्ने, न त राजनीतिक हस्तक्षेपमा झुक्ने” प्रहरी प्रमुखको रूपमा सम्झिन्छन्। भ्रष्टाचार र अनियमितताविरुद्ध उहाँको अडान प्रष्ट थियो। यही गुणका कारण उहाँसँग राजनीतिक जीवनमा समेत जनताले आशा राखेका छन्।
राष्ट्रसेवकलाई अवसर दिने संस्कारः नेपालमा प्रायः जिम्मेवारी दिने क्रममा नातावाद, भागबण्डा र चाकरीलाई प्राथमिकता दिइन्छ। यसले योग्य र इमानदार व्यक्तिहरूलाई पछि पार्छ। तर वास्तवमा राष्ट्रलाई अघि बढाउन त्यस्ता व्यक्तित्वलाई नै अवसर दिनुपर्छ जसले आफ्नो जीवन सेवा, समर्पण र राष्ट्रप्रतिको प्रेममा बिताएका छन्।
अनुशासन र इमानदारीको छविः प्रहरी सेवामा उनको करिअरले देखाएको अनुशासन, कर्तव्यनिष्ठा र भ्रष्टाचारविरुद्धको अडानले जनविश्वास कमाएको छ। यस कुराले गृह मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारीको लागि उपयुक्त मानिन्छ।
कठोर तर कानुनी सुरक्षा नेतृत्वः अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा र आपत्कालीन अवस्थामा त्वरित निर्णय लिने क्षमताका प्रमाण उनको प्रहरी नेतृत्वबाट देखिन्छ। गृह मन्त्रालयलाई आवश्यकता पर्ने क्राइसिस म्यानेजमेन्टमा यो ठूलो बल हो।
राजनीतिक तत्परता नभएपनि स्वतन्त्रताको सम्भावनाः उनले पार्टी छोड्ने निर्णय गरेपछि (CPN-UMLबाट अलग) कुनैपक्षीय राजनीतिक दबाबभन्दा स्वतन्त्र भएर काम गर्न सक्ने अवसर बन्यो भन्ने धारणा विकसित भएको छ। यो neutrality गृह मन्त्रीका लागि फाइदाजनक हुनसक्छ ।
