Skip to content
July 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
Share On:


काठमाडौँ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।

इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले जनाएको छ ।बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्यारहरूसँग अवश्य नै लिइने उल्लेख छ ।

मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।

उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मारिएका थिए ।

खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ ।‘शोक सभाहरू इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि आयोजना हुने छन्,’ समाचारमा भनिएको छ ।

Post navigation

Previous: मूल्य घटेसँगै यस्तो देखियो काठमाडौँका पेट्रोल पम्पको दृश्य
Next: अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Related Stories

1
  • News

आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

Kamal Tamang July 16, 2026
1
  • News
  • Political

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

Kamal Tamang July 2, 2026
1
  • News
  • Political
  • Social

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Kamal Tamang July 2, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.