Skip to content
August 5, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बाँडफाँड हुँदै

Kamal Tamang September 17, 2025
1
Share On:

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो । यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ । साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हो ।

बुङ्गल हाइड्रो लिमिटेडले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० भदौ २ गतेदेखि यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको हो। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको यस आयोजना निर्माणको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको कम्पनीले जनाएको छ ।

Post navigation

Previous: अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा चौध प्रतिशत गिरावट
Next: भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.