Skip to content
October 31, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै

Kamal Tamang September 19, 2025
New Sajha Yatayat buses

New Sajha Yatayat buses

Share On:


काठमाडौं । ‘जेनजी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित छ ।

सुरक्षित रहेका कोठामा जोगिएका टेबुल कुर्सी राखेर तत्काल कार्यालयको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

“आगजनीबाट भुइँतलामा रहेको सेवाग्राहीका करिब ७० हजार फाइल तथा आवश्यक कागजात जलेर खरानी भइसकेको छ”, प्रमुख श्रेष्ठले भने, “अहिले भुइँतलामा थुप्रिएको ती खरानी सफा गरिरहेका छौँ, मेरो कार्यकक्षसहित पहिलोतलाको केही कोठा करिब करिब सुरक्षित छ, हामी त्यही कोठामा कार्यालय व्यवस्थापन गरेर तत्काल नियमित सेवाप्रवाह गर्ने तयारीमा जुटेका छौँ ।”

आगजनीबाट कार्यालयमा जडान गरिएको विद्युत्, इन्टरनेट र खानेपानी क्षतिग्रस्त भइसकेको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘‘तत्काल विद्युत् र इन्टरनेट सेवा जडानको काम भइरहेको छ, ती काम सकिएपछि दर्ता, नवीकरण, रोड प्रमिटलगायतका काम सुरु गर्छांै ।” कार्यालयमा रहेका सेवाग्राहीको फाइल तथा महत्वपूर्ण कागजात जलिसकेकाले अब कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालय, विभाग र कर्मचारीसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।

सेवा सञ्चालनका लागि तत्काल आवश्यक कागजात छपाइ, विद्युतीय समान खरिदको काम भइरहेकाले चाँडै सेवा सञ्चालन हुने प्रमुख श्रेष्ठले बताए । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालयमा करिब रु एक करोड २० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । आगजनीबाट कार्यालयमा रहेका २४ थान कम्प्युटर, ३८ थान प्रिन्टर, दुई थान ल्यापटपलगायत ६३ किसिमका सामान जलेर खरानी भएका छन् ।

यस्तै, कार्यालयको भण्डारण कक्षमा राखिएको पाँच हजार थान इम्बुस नम्बर प्लेटसमेत जलेर नष्ट भएको छ भने प्रदर्शनकारीले दुई मोटरसाइकल र एउटा स्कुटरसमेत जलाएर खरानी बनाएको कार्यालय जनाएको छ ।

Post navigation

Previous: क्लासिक टेकको दशैँ अफर : २ वर्ष को इन्टरनेट १ वर्ष को मूल्यमा
Next: भारतबाट चिनी आयातको अनुमति, थप मूल्यबृद्धि नहुने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.