Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

Kamal Tamang September 21, 2025
1
Share On:

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो ।

आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता शेयर किनबेच भएर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा बढेको हो ।

यसदिन सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स र सिवम सिमेन्ट लगायतका अधिकांश कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तीम कारोबार भएको छ ।

भुगोल इनर्जीको शेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पीको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी हिमालयन एभ्रेष्ट बैंकको शेयर मूल्य ५.६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको शेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो । कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो ।

बिहीबार बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । पहिलो सर्किट ब्रेकपछि फेरी खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा उक्त दिन बजारमा कुल ६ मिनेटजति मात्रै कारोबार भएको थियो । उक्त दिन नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो ।

Post navigation

Previous: नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारीमा ईदी हाइड्रोपावर
Next: तुइन खोलाको पहिरो हटाइयो, बल्ल खुल्यो पृथ्वी राजमार्ग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.