Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

टेलिकमको चाडबाड अफरः अनलिमिटेड डेटा प्याकेज, २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

Kamal Tamang September 22, 2025 1 minute read
1
Share On:


काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै दशैँ-तिहार-छठ अफर ल्याएको छ । अफर अन्तर्गत फाइबर टु द होम (एफटीटीएच) प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज ल्याइएको हो ।

सोमबारदेखि नै उपलब्ध हुन थालेको अफर अन्तर्गत ३१ असोजसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकहरूलाई टेलिकमले पाँच सय रुपैयाँ पर्ने जडान शुल्क मिनाहा गरेको छ । दशैँ-तिहार-छठ अफर अन्तर्गत जीएसएम ग्राहकलाई ४९९ रुपैयाँमा पाँच जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याक रहेको छ ।

फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युजेज पोलिसी (एफयूपी) मा तोकिएको पाँच जीबी डेटा भोलुम खपत भएपछि बाँकी समयावधि दुई एमबीपीएस गतिमा पाउने छन् । यस्तै, फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन एफयूपीमा तोकिएको १० जीबी डेटा भोलुम खपत गरेपछि बाँकी समयावधि तीन एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

साथै २५० रुपैयाँमा १००० मिनेट अल-नेट भ्वाइस सुविधासहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ मेसेज प्याकेज समेत उपलब्ध छ । यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

जीएसएम सेवाका प्याकेज ६-२० असोजसम्म र १-१० कात्तिकसम्म किन्ने ग्राहकहरूका लागि लागु हुने टेलिकमले जनाएको छ । मोबाइलबाट *१४१५*११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

Post navigation

Previous: नेपाल लिफ्टले जेन्जी आन्दोलनमा क्षति भएको सबै लिफ्ट निःशुल्क बनाईदिने
Next: फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुनः निकासी, विद्यालय–कार्यालय बन्द

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.