Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

Kamal Tamang September 25, 2025
1
Share On:


काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीवार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको छ ।

मन्त्री घिसिङले स्विस सरकारले दिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, हाल गठित सरकारले चुनाव, आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउनेलाई प्राथमिकतामा राखेको बताए । उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन, स्विस अनुभवअनुसार सडक यातायातमा सुरुङ प्रविधि अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवद्र्धन र साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न तालिम उपलब्ध गराउन आग्रह गरे ।

हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन् । भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

Post navigation

Previous: बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७१ करोड लगानी गर्दै राष्ट्र बैंक
Next:  २.३५ अंक घट्यो सेयर बजार, कति भयो कारोबार ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.