Skip to content
October 31, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दशैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

Kamal Tamang September 26, 2025
1
Share On:


काठमाडौं । यस वर्षको दशैँ पर्वका लागि मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले दिएको जानकारी अनुसार, मुस्ताङसहित कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट कुल १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी भएका छन्।

केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार, निकासी भएका भेडाच्याङ्ग्रा र रमा (च्यालु) को औसत मूल्य अनुमान गर्दा ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ। यस वर्ष निकासी भएकामध्ये ७ हजार ६६८ वटा मुस्ताङकै स्थानीय भेडाच्याङ्ग्रा थिए भने ६ हजार ८६८ वटा डोल्पा, मुगु र जुम्लाका थिए। यस कारोबारमा मुस्ताङको हिस्सा मात्र अनुमानित २० करोड रुपैयाँ रहेको छ।

जिल्ला बाहिरका व्यापारीहरूले किसानको खोरबाटै खरिद गर्दा च्याङ्ग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य १२ हजार रहेको जनाइएको छ।

यद्यपि, विज्ञ केन्द्रले पशु निरोगिता परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने गरेकाले जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्राको सङ्ख्या उल्लेखित तथ्याङ्कभन्दा अझ बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ।

Post navigation

Previous: रास्वपालाई केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न घरबेटीको आग्रह 
Next: ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.