Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दसैँ बिदा आजदेखि सुरु, कुन बैंकले कसरी दिँदैछन् सेवा ? 

Kamal Tamang September 29, 2025
1
Share On:


काठमाडौं ।  दसैँ बिदा आजदेखि सुरु भएको छ । तर, अत्यावश्यक केही क्षेत्रले भने दसैँ बिदामा पनि सेवा सुचारु गर्ने निर्णय गरेका छन् । यसरी सेवा सुचारु गर्नेमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थादेखि बैंक तथा वित्तीय संस्था समेत रहेका छन् । द्वादशीको दिन (शुक्रबार)सम्म बिदा भए पनि त्यसको भोलिपल्ट शनिबार रहेका कारण यो दशैंमा ६ दिन सार्वजनिक बिदा हुनेछ । 

खासगरी बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले दशैं बिदामा ३६ वटा शाखा कार्यालयहरू खुला राख्ने तालिका बनाएको छ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर फैलिएका छन्, जहाँ विभिन्न मितिहरूमा सीमित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले दशैं अवधिभर २६ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू काठमाडौं उपत्यका र बाहिरका प्रमुख शहरहरूमा अवस्थित छन्। ग्राहकहरूले असोज १३ देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार लगायतका अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

एभरेस्ट बैंक लिमिटेड
एभरेस्ट बैंक लिमिटेडले दशैं बिदाको असोज १४ गते बागमती प्रदेशका तीनवटा शाखा कार्यालयहरू (न्युरोड, पुलचोक र थिमी) सञ्चालन गर्नेछ। यस अवधिमा ग्राहकहरूलाई नेपाली रुपैयाँको नगद भुक्तानी र जम्मा तथा विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) प्रदान गरिनेछ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले दशैं बिदामा कुल ५० वटा शाखा कार्यालयहरू खुला राख्ने व्यवस्था गरेको छ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फैलिएका छन्। ग्राहकले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आवश्यक बैंकिङ सेवा लिन सक्नेछन्।


हिमालयन बैंक
हिमालयन बैंकले दशैंको सप्तमी, महाअष्टमी, नवमी र एकादशीको दिनमा २९ वटा शाखा कार्यालयहरूबाट सीमित बैंकिङ कारोबार उपलब्ध गराउनेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख स्थानमा रहेका छन्।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले दशैं बिदामा ५० वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। फुलपाती, महाअष्टमी, महानवमी र एकादशीका दिनहरूमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका यी शाखाहरूबाट बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा उपलब्ध हुनेछ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले दशैं बिदामा ५२ वटा शाखा कार्यालयहरू खुला राख्ने तालिका बनाएको छ। असोज १३ देखि १७ गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्राहकहरूले नगद कारोबारलगायतका सीमित बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लिन सक्नेछन्।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले दशैंको सप्तमी, अष्टमी, नवमी र एकादशीका दिनमा कुल ३३ वटा शाखा कार्यालयहरू खुला राख्नेछ। यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार, चेक जम्मा र भुक्तानी, आरटीजीएसरईसीसी लगायतका अत्यावश्यक बैंकिङ सेवाहरू उपलब्ध हुनेछन्।

नबिल बैंक
नबिल बैंकले दशैंको बिदामा असोज १३ र १६ गते गरी कुल १९ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा छन्, जहाँ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित बैंकिङ सेवा उपलब्ध हुनेछ।


नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले दशैं लगायतका सार्वजनिक बिदामा ४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालन गर्नेछ। यी काउन्टरहरू मेची भन्सार ९दुई०, कृष्णनगर भन्सार र विदेशी मुद्रा सटही काउन्टर ९न्युरोड शाखा० हुन्, जसबाट तोकिएको समयमा अत्यावश्यक सेवा उपलब्ध हुनेछ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दशैं बिदामा काठमाडौं उपत्यकाभित्र १९ वटा शाखारकाउन्टरहरू सञ्चालन गर्नेछ। फुलपातीदेखि एकादशीसम्म तोकिएका दिनहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वा दिउँसो १ बजेसम्म यी काउन्टरहरूबाट ग्राहकहरूले अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले दशैंको अवसरमा १४ वटा शाखा कार्यालयहरू सञ्चालन गर्ने तालिका बनाएको छ। असोज १३ देखि १६ गतेसम्म तोकिएका शाखाहरूबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ग्राहकहरूलाई अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराइनेछ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले दशैंको बिदामा १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। असोज १३ (सप्तमी) देखि १६ (एकादशी) गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म (न्युरोड र सिनामंगल बाहेक) बैंकिङ सेवा उपलब्ध हुनेछ।

एनएमबी बैंक
एनएमबी बैंकले दशैं बिदाको असोज १३, १४, १५ र १६ गते गरी १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा फैलिएका छन्। ग्राहकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नगद, चेक भुक्तानी, लगायतका सेवाहरू लिन सक्नेछन्।

प्रभु बैंक
प्रभु बैंकले दशैं बिदामा १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्ने तालिका बनाएको छ। काठमाडौं उपत्यकाभित्र ४ वटा र बाहिर १४ वटा शाखाहरू असोज १३, १४, १५ र १७ गते तोकिएको समयमा (बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म) नगद कारोबारका लागि खुला रहनेछन्।

प्राइम बैंक लिमिटेड
प्राइम बैंक लिमिटेडले दशैं बिदाका लागि ४१ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। असोज १३, १४, १५ र १७ गते कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका यी शाखाहरूबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबार र अन्य अत्यावश्यक बैंकिङ सेवा उपलब्ध हुनेछ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दशैं बिदामा ७ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू विराटनगर, काठमाडौं ९मुख्य शाखा०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा (दुई), धनगढी र इटहरीमा अवस्थित छन्। दशैंका विभिन्न दिनहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध हुनेछ।

सानिमा बैंक
सानिमा बैंकले दशैंको बिदामा ६३ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। यी शाखाहरू बागमती (उपत्यकाभित्र र बाहिर), कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभरि असोज १३ देखि १६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित बैंकिङ सेवाका लागि खुला रहनेछन्।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले दशैंको बिदामा ३१ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका यी शाखाहरू असोज १३ देखि १७ गतेसम्म तोकिएको समयमा (बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म) नगद कारोबारलगायतका अत्यावश्यक बैंकिङ सेवाका लागि खुला रहनेछन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले दशैं बिदामा ११ वटा शाखा–काउन्टरहरू सञ्चालन गर्ने तालिका बनाएको छ। असोज १३, १४, १५, १६ गतेका लागि घट्टेघोपला, ललितपुर, नयाँ बानेश्वर, बुटवल, वीरगन्ज, नेपालगञ्ज, विराटनगर, धरान, न्युरोड र काठमाण्डौलगायतका शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन्।

Post navigation

Previous: सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाइते
Next: एकैदिन बाहिरिए १ लाख ११ हजार 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.