काठमाडौं। स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।नवघोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो ।
विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ ।
जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।
