Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 कुन सडकको अवस्था के छ ?

Kamal Tamang October 4, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  गएरातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । यात्रुहरु बाटोमा अलपत्र परिरहेका छन् । 

 कुन सडकको अवस्था के छ ?

नागढुंगा–मुग्लिन सडकखण्ड बन्द
बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोका कारण दुईतर्फी सडक बन्द छ ।

मुग्लिन–नारायणगढ सडकखण्डमा गाडी चलाउन रोक
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो नखसे पनि यात्रामा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले गाडी चलाउन रोक लगाएको छ । मुग्लिनतर्फ जाने गाडीहरुलाई भरतपुर, नारायणगढका सुरक्षित स्थानमा रोकिएको छ।

मुग्लिन–पोखरा सडकमा लामो दुरीका गाडीलाई रोक
मुग्लिनदेखि–कोत्रेसम्म र कोत्रेदेखि–पोखरासम्मको बाटोमा पहिरो छैन । तर यात्रामा जोखिम रहेकाले सो बाटोमा लामो दुरीका सवारी साधनलाई चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । गाडीहरुलाई कोत्रे, बेलचौचारा, थर्पु, दमौली, डुम्रे, आँबुखैरेनी, मुग्लिनमा रोकिएको छ ।

आँबुखैरेनी–गोरखा र डुम्रे–लमजुङ सडक खुला
आँबुखैरेनी–गोरखा सडकखण्ड र डुम्रे–लमजुङ सडकखण्ड खुला छ । सवारी साधनलाई रोक लगाइएको छैन ।

बीपी राजमार्ग
१६ असोजदेखि २१ गतेसम्म दैनिक साँझ ५ बजेबाट बिहान ५ बजेसम्म पूर्ण बन्द रहने निर्णयअनुसार सवारी आवागमन रोकिएको छ ।

पृथ्वी राजमार्ग
धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० जवाङखोला खण्डमा शनिबार पहिरो खस्दा बाटो पूर्ण अवरुद्ध छ ।

अरनिको राजमार्ग
सिन्धुपाल्चोकको चारकिलो (भोटकोशी) क्षेत्रमा १६ असोजदेखि सडक भासिँदा अवरुद्ध छ । १७ गते सानो सवारीका लागि आंशिक खुलेको थियो, तर १८ गते बिहान थप भासिँदा फेरि पूर्ण बन्द भएको हो ।

पासाङ ल्हामु राजमार्ग
रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गतेदेखि नै क्षतिग्रस्त भई आवागमन पूर्ण बन्द छ । घट्टेखोला, बालुवाखानि र तातोपानी खण्डमा १६ असोजदेखि नै पहिरो र ढुङ्गा खस्दा बाटो निरन्तर बन्द छ ।

कोशी राजमार्ग
भोटखोला–बरुणखोलामा गत ०६ जेठबाटै बाढीले ह्युम पाइप बगाउँदा सडक अवरुद्ध छ ।मकालु–एकुवा खण्डमा गत १५ भदौदेखि नै पहिरोले बाटो पूर्ण बन्द छ ।

Post navigation

Previous: लगातारको वर्षाका कारण अस्तव्यस्त काठमाडौँको जनजीवन 
Next: खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन ऊर्जामन्त्रीको निर्देशन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.