काठमाडौं । अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पु¥याएको छ । बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।
यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
