Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से

Kamal Tamang October 9, 2025
1
Share On:

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ ।

राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ ।

आज कुल ३१३ स्टकको १ करोड १८ लाख ३० हजार ७७ रुपैयाँ बराबरको ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधवार भने ५ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।

यस दिन बिन्ध्यवासीनी हाइड्रोपावर, यशियन हाइड्रोपावर, एमबीएल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यशिन हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ५.५४ प्रतिशतले बढेर ६६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Post navigation

Previous: महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
Next: इलामको बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, २६ घाइते, १०८ घरमा क्षति

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.