Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखकः आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन्

Kamal Tamang October 10, 2025
1
Share On:

काठमाडौं । कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी समेत गरे । लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए ।

गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनको दाबी थियो । लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको बताए ।

जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । लेखकले आन्दोलनको छानविन गर्न बनेको आयोगले मुलुकको संविधान र कानूनबमोजिम काम गर्नेमा विश्वस्त रहेको सुनाए । आन्दोलनको एक महिनापछि लेखकले सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

Post navigation

Previous: कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त 
Next: जेनजीको होहल्लापछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.