काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किएका छन् । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
