काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गुटबन्दी र खुट्टा तानातानले अझ धेरै नोक्सान हुने दृष्टान्त पेस गरेका छन् ।
नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र सो क्रममा उत्पन्न भएको समस्या केलाउँदै उनले इतिहासबाट पाठ सिक्न आग्रह गरेका हुन् ।
