Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

गाजाबाट बन्धक रिहाइका लागि इजरायल जाँदै डोनाल्ड ट्रम्प

Kamal Tamang October 13, 2025 1 minute read
1
Share On:

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ जस्तो देखिएको उल्लेख गरे ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिकाको प्रशंसा गरे । हमासले गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार मध्यान्हसम्ममा रिहा गर्नुपर्ने समयसीमा छ । ट्रम्प सोमबार नै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ ।

हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यसैबीच, इजरायलले करिब २५० प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीहरूलाई रिहा गर्नुपर्नेछ ।

ट्रम्पले आफ्नो शान्ति वार्ता कौशलको प्रशंसा गर्दै भने, ‘म युद्ध समाधान गर्नमा निपुण छु । म शान्ति स्थापना गर्नमा निपुण छु ।’ उनले गाजा भ्रमण गर्ने इच्छा व्यक्त गर्दै आगामी दशकहरूमा गाजा एउटा ‘चमत्कार’ बन्ने विश्वास व्यक्त गरे ।

ट्रम्पले सोमबार इजरायलमा उत्रिएर त्यहाँको संसद क्रेसेटलाई सम्बोधन गर्नेछन् । त्यसपछि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग शर्म एल(शेखमा हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् । 

इजिप्टको विदेश मन्त्रालयले ‘गाजा पट्टीमा युद्ध अन्त्य गर्ने एक दस्तावेज’ मा हस्ताक्षर हुने अपेक्षा गरेको छ । बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास लगायत २० भन्दा बढी देशका नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।

यसअघि, अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १,२०० मानिस मारिएका र २५१ जनालाई बन्धक बनाइएको थियो । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसपछि इजरायलको सैन्य कारबाहीमा १८,००० भन्दा बढी बालबालिका सहित ६७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

Post navigation

Previous: विश्वकप छनोटः आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल
Next: माओवादी केन्द्रले फिर्ता ल्यायो जेनजी आन्दोलनमा केन्द्रीय कार्यालयबाट लुटिएका सामान 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.