काठमाडौं। जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयले विभिन्न स्थानबाट संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, माओत्सेतुङका दुईवटा शालिक, झोला लगायतका सामान आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो ।
