Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजारका सबै सूचक बढे, कारोबार भने घट्यो 

Kamal Tamang October 13, 2025
1
Share On:


 काठमाण्डौं ।  सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय लियो । समग्र बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडको भयो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ८ को स्थिर रह्यो ।

अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे ।

नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ९.९, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८, बुटवल पावरको ८.९८, सीईडीबी होल्डिङ्सको ८.४५ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५, समता लघुवित्तको ३.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स छन् ।

Post navigation

Previous: डेंगुको संक्रमण बढ्दै, एक सातामा ४१३ जनामा डेंगु संक्रमण, मृत्यु हुने संख्या ४ पुग्यो 
Next: हमासले रिहा गर्यो बन्धक बनाएका २० जना

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.