Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पूर्वसभामुख महराले दिए इन्कारी बयानः भने– ‘सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन’

Kamal Tamang October 14, 2025
1
Share On:


काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

‘उक्त सुनको अवैध तस्करीमा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन,’ महराले बयानमा भनेका छन्, ‘चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेटभित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन ।’

आफू सञ्चारमन्त्री हुँदा दावाले आफूलाई फलफूल व्यापारी भन्दै आएर भेटेको उनले बताएका छन् । ‘निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन,’ महराले बयानमा भनेका छन् ।

आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई आफ्नो छोरा आउँछ, हेरीदिनुहोला भनेर नभनेको पनि बताएका छन् । ‘मेरो छोरा आउँछ, हेरिदिनु भनेको होइन । म राजनैतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन,’ बयानका क्रममा भनेका छन् ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

Post navigation

Previous: नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द
Next: जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए कांग्रेसका देउवा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.