काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गरेका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको बताए ।
‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु’, उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने भन्दै प्रश्न समेत गरे ।
