Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सने छैन : प्रधानमन्त्री कार्की

Kamal Tamang October 15, 2025
1
Share On:


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् ।

‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् । ‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्योस उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

विपिन अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको पनि बताएकी छिन् । ‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,’ उनले भनेकी छिन्, ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ ।’

Post navigation

Previous: आज सेयर बजारमा कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक
Next: ‘जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइनेछ’

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.