Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो

Kamal Tamang October 16, 2025
1
Share On:


काठमाडौं ।  हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।

यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन् । हमासको सैन्य शाखा ‘अल–कस्साम ब्रिगेड्स’ले विज्ञप्ति जारी गर्दै ‘आफूले सम्झौताअनुसार सबै जीवित इजरायली कैदीहरू र पाउन सकिएका शवहरू हस्तान्तरण गरिसकेको’ जनाएको छ । बाँकी शव फिर्ता गर्न ‘विशेष उपकरण र व्यापक प्रयास आवश्यक पर्ने’समूहले उल्लेख गरेको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले पनि ४५ जना प्यालेस्टिनी बन्दीहरूको शव फर्काइएको पुष्टि गरेका छन् । यसअघि मंगलबार दक्षिण गाजाको खान युनिसस्थित नासर अस्पतालले पनि ४५ वटा शव प्राप्त भएको जनाएको थियो । हालसम्म इजरायलले कुल ९० जना प्यालेस्टिनी कैदीका शवहरू फिर्ता गरेको छ ।

शव फिर्ता प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गतको एउटा महत्वपूर्ण चरण मानिएको छ । यसअघि गाजाबाट बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिँदा करिब दुई हजार जना प्यालेस्टिनी कैदी र बन्दीहरू इजरायली जेलबाट रिहा भएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चेतावनी दिँदै भनेका छन कि, ‘यदि हमासले सम्झौता उल्लङ्घन गर्छ भने मैले इजरायललाई पुनः सैन्य कारबाही सुरु गर्न अनुमति दिनेछु ।’ एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।(सीसीटीभीप्लस)

Post navigation

Previous: निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी
Next: अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री सुशीला कार्की

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.