काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताएको छ, तर यसले देशभित्र र देशबीच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ ।
विश्व बैङ्क समूह र आईएमएफको सन् २०२५ वार्षिक बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा भइरहेको तीव्र लगानीले ‘अविश्वसनीय आशावाद’ ल्याएको उल्लेख गरे । “एआईले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ प्रतिशतदेखि ०.८ प्रतिशतसम्म योगदान दिन सक्छ, जुन निकै महत्वपूर्ण हो,” उनले भने ।
आईएमएफले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा सन् २०२५ को विश्व विकास दर अनुमान ३.२ प्रतिशतमा पु¥याइएको छ । तर भन्सार शुल्क (टारिफ) सम्बन्धी अस्थिरताले सन् २०२६ मा यो दर ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
जोर्जिएवाले थपे,“हामी अहिले झन्डै ३ प्रतिशतको वृद्धिदरमै अड्किएका छौं । यदि एआईबाट थप वृद्धिदर हासिल गर्न सकियो भने, यो विश्वका लागि अत्यन्तै सकारात्मक उपलब्धि हुनेछ ।”“आईएमएफले ‘एआई तयारी सूचकाङ्क’ विकास गरेको छ, जसले चारवटा आधारमा देशहरूको मूल्यांकन गर्छ ।
“एआई अपनाउने सन्दर्भमा उत्कृष्ट देशहरू र पछि परेका देशहरूबीच ठूलो खाडल छ,” उनले भने । “त्यसैले एआईले उत्पादकत्व त बढाउन सक्छ, तर यसले देशहरूभित्र र देशहरूबीच असमानता पनि बढाउने सम्भावना छ । त्यसैले तयारी अपरिहार्य हुन्छ ।”
सोही अवसरमा जोर्जिएवाले ‘ग्लोबल नीति एजेन्डा’ सार्वजनिक गर्दै तीन प्रमुख प्राथमिकता उल्लेख गरे ।
