काठमाडौं । नेपाली संगीतको संसारमा पुनः एउटा मन छुने गीत “संकोच” सार्वजनिक भएको छ। माया, सम्झना र आत्मीय भावनाले भरिएको यो गीतले दर्शक र श्रोतामाझ छोटो समयमा नै लोकप्रियता हासिल गर्दैछ।
गीतमा दिवस र रबिको उत्कृष्ट शब्द संगीत र स्वरको संयोजनले प्रेमको गहिराइलाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ। गीतका शब्दहरू “संकोच छैन मलाई कतै केहि कुरामा तिम्रो, जुनी जुनीभर हात समाइ हिडने रहर छ मेरो…” प्रेम र समर्पणको भावनालाई मार्मिक रूपमा उजागर गरेका छ्न ।
•
गीत: संकोच •
Music: NAKAMA’Z •
Vocal: Ravee Shahi •
Vocal: Rupesh Khadgi •
Guitar: Diwash Kasaju •
Guitar: Nabin Khatri •
Drums: Bijaya Lama •
Bass: Bikram Shahi •
Written & Composed By: Diwash / Ravee •
Audio: Music Hub Butwal •
Mix & Mastered By: Sajan Shrestha •
Video: Arko Production •
Video Director: Rohan
यो गीतको भिडियो अर्को प्रोडक्सन द्वारा तयार पारिएको हो भने गीतको निर्देशन रोहन नेपाली ले गर्नुभएको हो। भिडियोमा भावनात्मक कथा र आधुनिक दृश्यशैलीले गीतको अर्थलाई अझ प्रभावशाली बनाएको छ।
गीत अहिले नेपाली NAKAMA’Z YouTube मा सार्वजनिक गरिएको छ । दर्शक र श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। धेरैले यो गीतलाई “मन छुने”, “भावनात्मक”, र “साँचो प्रेमको प्रतीक” भनेर टिप्पणी गरेका छन् ।
गीतका सर्जक दिवस जसको शब्द र धुनले नेपाली संगीतमा फेरि एक पटक आत्मीयताको स्वाद भरेको छ ।
गीत पुरा हेर्नको निम्ति तल दिएको लिङ्कमा गएर हेर्न सक्नु सक्नु हुनेछ :
