Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह

Kamal Tamang October 26, 2025
1
Share On:


काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ सक्रिय रूपमा काम गरिरहेको छ ।’

उनका अनुसार हालै स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) मार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले प्रत्यक्ष रूपमा नेपालमा लगानी गर्न सक्ने अवसर खुला गरिएको छ ।

ढकालले सम्मेलनमा आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालको आर्थिक विकासमा योगदान गर्न आग्रह गरे । उनले भने, ‘आउनुहोस्, आफ्नो मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालमा लगानी गरौँ । तपाईंहरूको योगदानले नेपालको आर्थिक विकास मात्र होइन, हाम्रो पहिचान पनि सुदृढ हुनेछ ।’

Post navigation

Previous: सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
Next: पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.