काठमाडौं। बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।
काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
काभ्रे प्रशासनले जारी गरेको सूचना अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्नेछन् ।
