Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

Kamal Tamang October 30, 2025
1
Share On:


काठमाडौं । वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् ।

अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलबार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताए ।

“पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा हिउँ जमेकाले जान सकेनौँ”, उनले भने, “मौसममा सुधार भएपछि पैदलयात्रा गरेर हुमखोला आएका छौँ ।” आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने सवारीसाधनको अभाव भएको छ ।

उक्त पदमार्गमा करिब १५० जना पर्यटक हिमपात र वर्षात्का कारण मङ्गलबार रोकिएका थिए । यही कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।

आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जिल्लाका पर्यटकीय स्थलहरुमा गएका पर्यटकहरू हालसम्म सुरक्षित रहेका जानकारी दिए । यसैगरी म्याग्दीको मुदी हुँदै धौलागिरि चक्रीय पदमार्ग भएर मुस्ताङको मार्फा जाने क्रममा रोकिएका तीन जना बेलायती र १२ नेपाली शेर्पा तथा पथप्रदर्शकको उद्धारका लागि जोमसोमबाट सुरक्षाकर्मी टोली गएको जनाइएको छ ।

Post navigation

Previous: ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै, व्यापार युद्ध अन्त्य हुने विश्वास
Next: ‘मोन्था’ चक्रवातको प्रभावः आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च, सतर्क रहन आग्रह 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.