Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु

Kamal Tamang November 4, 2025
1
Share On:

काठमाडौं । मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । उनीहरुका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पुर्वानुमान गरिएको छ ।

भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनारहरू फुटी केही ऐतिहासिक स्थलहरू डुबानमा परेको जनाइएको छ । २४ घण्टाको अवधिमा १.७ मिटर सम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।

पर्यावरण मन्त्रालयको विपद् व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रबार बिहानमात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने पूर्वानुमानका गरिएको छ ।

भियतनाममा जुन र सेप्टेम्बरको बिचमा भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव–संचालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् ।दस टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोवेम्बर –१३ तारिखमा आउने अनुमान गरिएको छ ।

आँधीले हाल फिलिपिन्समा प्रहार गरि कम्तिमा दुई जनाको ज्यान लिनुका साथै सयौं हजार विस्थापित गरेको जनाइएको छ ।आगामी बिहीबार नजिकिँदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रति घण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम बिभागले जनाएको छ ।

विपद् एजेन्सीका अनुसार बाढीका कारण लगभग ८० हजार घरहरू प्रभावित भएका छन् भने १० हजार हेक्टर भन्दा बढी बाली नष्ट हुनुका साथै ६८ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

Post navigation

Previous: यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ : ऊर्जामन्त्री घिसिङ
Next: रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.