Skip to content
November 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 कुनै समय देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

Kamal Tamang November 5, 2025 1 minute read
1
Share On:

 काठमाडौं ।  कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।

स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौ । यो हाम्रो जीवनको अभिन्न अंग थियो । तर राजनीतिक अस्थिरता र गणतन्त्र आएपछि मात्रै यो उद्योग बन्द भयो । नयाँ सामान र प्रविधिसहित ल्याउने हो भने हामी आफैं यो उद्योग चलाइदिन्छौं, कुनै निजीकरण गर्नुपर्ने जरुरत छैन ।’

उनले थपे, ‘यहाँ अहिले खटाइएको सशस्त्र फोर्सलाई हटाएर यो उद्योग यहीको स्थानीयको जिम्मामा दिनुपर्छ । हामी फेरि यसको धुवाँ देख्न चाहन्छौ ।’

हेटौँडा कपडा उद्योग वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्द गरेको थियो । कर्मचारी भर्ती, प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता कारणले उद्योग घाटामा गएको बताइन्छ ।

तर स्थानीयवासीहरूको दृष्टिमा यसको मूल कारण राजनीतिक अस्थिरता र सरकारी उदासीनता नै हो । उनीहरूका अनुसार यो उद्योग निजीकरण होइन, स्थानीय स्वामित्वमा सञ्चालन गर्न सके फेरि पनि हेटौँडाको पहिचान बन्न सक्छ ।

विगतको इतिहासले गर्व जगाएको यो उद्योग आज पनि स्थानीयको आशा र पहिचानसँग जोडिएको विषय बनेको छ । हेटौँडावासीको अपेक्षा छ, ‘कपडा उद्योगको चिम्नी फेरि बलोस्, अनि हेटौँडाको अर्थतन्त्रमा फेरि जीवन फर्कियोस्।’

Post navigation

Previous: सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
Next: राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.