Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कारोबारसँगै घट्यो सेयर बजार

Kamal Tamang November 10, 2025
2
Share On:

काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ ।कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११: ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २: ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन् । सिटीबाहेक अरु हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रुरु जलविद्युतको ८.४५, धौलागिरी लघुवित्तको ५.६६ तथा उपकार लघुवित्तको ५.६३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट छन् ।

Post navigation

Previous: सुत्केरी गराउन आएकी महिलाको मृत्यु,  तनावग्रस्त भरतपुर अस्पताल
Next: सिटिजन्स बैंक र एकता बुक्सबीच समझदारी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.