Skip to content
November 5, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो : कमलप्रसाद चौलागाईं

Kamal Tamang November 11, 2025 1 minute read
1
Share On:


 काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले भदौ २३ र २४ को घटना गराएको बताएका छन्  । नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएको बताए ।

‘केपी ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ को घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उनले भने ।

चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए  । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको धारणा छ । नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर शिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँ माथि यो आक्रमण भएको चौलागाईँको भनाई छ । यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ ।

नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उनले बताए । जेनजीको सामान्य माग भित्र बारबरा फाउण्डेसन तथा तिब्बतीयन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उनले सुनाए ।

ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंस्रक जत्थासँग मिलेका उहाँले दाबी गरे । ‘अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उनले भने ।

अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उनको दावी थियो । अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ ।

एमालेकै केही नेताहरू विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नुपर्छ भन्दै हिँडेका चौलागाईँले बताए । बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत ओली ठिक रहेछन् भनेर भन्न लागेका उनले सुनाए । उनले पार्टीको आउने महाधिवेशनबाट ओली नै पार्टी अध्यक्ष हुनेपनि बताए  ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।

Post navigation

Previous: नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर – SDLG L936HEV सार्वजनिक
Next: पाकिस्तानको अदालतमा आत्मघाती विस्फोट, १२ जनाको मृत्यु 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.