Skip to content
September 22, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत

Kamal Tamang November 13, 2025
1
Share On:


 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् ।

बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप लगाउँदै यसलाई ‘अमेरिकी करदातालाई दबाब दिने प्रयास’ भने ।

उनले भने, ‘गत ४३ दिनदेखि कांग्रेसका डेमोक्र्याटहरूले अमेरिकी सरकार बन्द गरेर अवैध आप्रवासीका लागि सयौं अर्ब डलरको माग गर्दै अमेरिकी करदातालाई दबाब दिन खोजे । आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं ।’

यसअघि, अमेरिकी प्रतिनिधि सभाले बजेट प्याकेज अनुमोदन गरेको थियो । सभाले यसलाई २२२ विरुद्ध २०९ मतले पारित गरेको थियो, जसमा अधिकांश रिपब्लिकन र केही डेमोक्र्याटहरूले समर्थन गरेका थिए । यसअघि अमेरिकी सिनेटले पनि यसै हप्तामा बिल पारित गरेको थियो ।

समारोहमा राष्ट्रपति ट्रम्पले सरकार बन्द रहँदा जनसेवामा ठूलो असर परेको र दुई लाख भन्दा बढी उडान रद्द वा ढिला भएका, एक करोड सरकारी कर्मचारीले तलब पाएका छैनन् र अहिले लाखौं अमेरिकीलाई खाद्य सहायता कटौती भएको बताए ।
नयाँ स्वीकृत बजेट एच।आर ५३७१ ले संघीय सरकारको अधिकांश कार्य जनवरी ३०, २०२६ सम्म जारी राख्ने व्यवस्था गरेको छ ।

यसले कृषि, ग्रामीण विकास, फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन, सैन्य निर्माण, भूतपूर्व सैनिक विभाग र विधायिका शाखा जस्ता मुख्य क्षेत्रहरूका लागि पूर्ण वर्षको विनियोजन पनि समेटेको छ ।

बजेट पास भएपछि सरकार तात्कालिक रूपमा आफ्नो सामान्य कामकाज पुनः सुरु गर्नेछ, र तलब नपाएको कर्मचारीहरूलाई भुक्तानी वितरण हुनेछ । यसले महत्वपूर्ण कार्यक्रमहरूमा रोकिएको रकमपनि पुनः स्थापना गर्ने जानकारी कार्यकारी कार्यालयले दिएको छ ।

ट्रम्पले समारोहमा फिलिबस्टर प्रणालीको अन्त्य गर्नुपर्ने पनि आह्वान गरे, जसले अमेरिकी सिनेटमा अनिश्चितकालीन बहस गरेर विधेयक वा प्रस्तावमा मत रोक्ने वा ढिला गर्ने प्रचलनलाई जनाउँछ ।

यससँगै अमेरिकी सरकारले इतिहासको सबैभन्दा लामो र विवादास्पद सरकार बन्द अवधि अन्त्य गर्दै पूर्ण रूपमा काम सुरु गर्ने भएको छ । ट्रम्पले आफ्नो भाषणमा भने, ‘मेरो हस्ताक्षरपछि संघीय सरकार सामान्य रूपमा सञ्चालन हुनेछ । हामी लागत घटाउने, जनसुरक्षा पुनस्र्थापित गर्ने र अमेरिकालाई सबैका लागि सस्तो बनाउन काम गर्दै जानेछौं ।’

Post navigation

Previous: राजनैतिक संक्रमणका बीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक
Next: नेपालमा जीडब्लुएमको ‘ट्यांक’ सिरिज सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.