Skip to content
September 22, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह

Kamal Tamang November 14, 2025 1 minute read
1
Share On:

काठमाडौं । जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबारदेखि काठमाडौंको माइतीघरमा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर, आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुरका यादव सिंह आमरण अनसनमा बसेको हुन् ।

आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए । उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर मार्ने जो कोही भएता पनि कारबाही हुन पर्ने उनको भनाई छ । 

‘भदौ २३ गते जुन जेनजी आन्दोलन भएको थियो, भ्रष्टाचार विरुद्ध भएको थियो । त्यसै गरी सरकार जेनजीको नेतृत्व गरेर प्रधानमन्त्री सुशीला कार्कीसँग जानेहरूले जेनजीको मुद्दा नै बिर्सनु भयो । २३ गतेको आन्दोलन जुन भयो निस्वार्थ रुपमा युवाहरु स्कुलको ड्रेसमा थिए । उनीहरूलाई यसरी गोली हानिएको छ, यो नियन्त्रणमा लिन लट्ठी सम्म हान्ने हो तर यसरी निशाना लगाई लगाई शरिरका विभिन्न स्थानमा जुन गोली हानियो त्यो हान्न निर्देशन दिने चाहे त्यो आइजिपी होस् या चाहे त्यो प्रधानमन्त्री या गृह मन्त्री जो कोही पनि होस् त्यसले गर्दा कयौँको रगत बगेको छ । उनीहरूको रगत खेर जान हुँदैन । हत्यारालाई जसरी भएपनि कारबाही हुनपर्छ भन्ने हाम्रो माग हो । मलाई यहाँ बस्न गाह्रो छ । खुल्ला आकाश मुनि सुत्न परेको छ,चिसोले गर्दा पनि गाह्रो भएको छ । मेरो छेउबाट गाडीहरु हिड्छन् । यसरी बसिरहेको छु सरकार पक्षबाट कुनै पनि सरसहयोग भएको छैन,’ उनले भने ।

त्यस्तै उनले २३ र २४ गतेको आन्दोलनलाई भष्टाचार विरुद्धको जनआन्दोलनको रुपमा घोषणा गर्न पर्ने बताएका छन् । उनले सहीद र घाइते परिवार दुबैको बिना स्वार्थ माग पुरा हुनु पर्ने बताए ।
‘
२४ गते भएको आन्दोलनमा विभिन्न पार्टीका दलहरुले आतंकवाद भनिरहेका छन् त्यो आतंकवाद होइन, २३ गते आन्दोलनमा साना–साना विद्यार्थी मारिएको देखेर सम्पूर्ण देशभरिकै मान्छे आक्रोश भएर २३ गतेको आन्दोलन सफल गरेका हुन् । त्यसलाई चाँहि जनआन्दोलन घोषणा गर्न पर्छ । भ्रष्टाचार विरुद्धको जनआन्दोलन भनेर घोषणा गर्न पर्छ । सहीद र घाइते परिवार दुवैको बिना स्वार्थ माग पुरा हुन पर्छ,’ उनले भने ।

त्यस्तै उनले आजको दिनसम्म सरकारमा रहेर काम गरेका जो कोहिको पनि सम्पत्तिको छानबिन हुनुपर्ने धारणा राखे । ‘आजको दिनसम्म जतिले पनि सरकारको नेतृत्व गर्नुभयो होइन प्रधानमन्त्री मन्त्री सांसद देखि सबैको सम्पत्ति छानबिन हुन पर्छ । त्यसमध्य हाम्रो देश भष्टाचार मुक्त बनाउन पर्छ त्यस्तालाई कानुनि दायरामा ल्याउन पर्छ,’ उनले भने ।

Post navigation

Previous: अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु
Next: मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा थप गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.