Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुनेछ : शिक्षामन्त्री पुन

Kamal Tamang November 17, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

 सोमबार सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै मन्त्री पुनले फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने बताएका हुन् । उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले लेखेका छन्, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’

उनले जेनजीहरुको यो तालले पुनः पुरानै राजनीतिक दल र नेताहरुकै शासन फर्किने टिप्पणी गर्दै जेनजी आन्दोलनको लक्ष्य तुहिने बताएका छन् । ‘यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ’, उनले लेखेका छन्, ‘जेन(जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन् ।’

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म जम्मा १२३ दल दर्ता भएका छन् भने ३२ प्रक्रियामा रहेका छन् । नयाँ दर्ता हुनेमा केही दलहरु जेनजी अगुवाहरुले नेतृत्व गरेका दलहरु हुन् ।

Post navigation

Previous: नेपाल प्रिमियर लिग आजदेखि सुरुः जनकपुर र काठमान्डु खेल्दै
Next: सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.