Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल टेलिकमको पहिलो त्रैमासिक नतिजाः घट्यो आयदेखि मुनाफासम्म 

Kamal Tamang November 17, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  नेपाल टेलिकमले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

कुल सञ्चालन आय यो त्रैमासिकमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार रुपैयाँ कम हो। त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाख रुपैयाँले घटेको छ।

आयमा गिरावटसँगै टेलिकमको नाफा पनि कम भएको छ। उक्त अवधिमा कम्पनीको करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिभन्दा १२।२९ प्रतिशतले कम हो। करअघि नाफा १८।९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेको छ। प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ।

 विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको कम्पनीको बुझाइ छ । अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। त्यस्तै, बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको टेलिकमले जनाएको छ।

कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७।५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको कम्पनीले उल्लेख गरेको छ। यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८।८ करोड रुपैयाँ अतिरिक्त बढेको छ।

राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने संस्थाका रूपमा टेलिकमले दुर्गम र विकट क्षेत्रमा समेत सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

Post navigation

Previous:  ईपीएस भाषा परीक्षा आजदेखि सुरु, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
Next: नेपाल प्रिमियर लिग आजदेखि सुरुः जनकपुर र काठमान्डु खेल्दै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.