काठमाडौं । ओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचनासहित, ए६ प्रो ले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरेको छ ।
ओपो ए६ प्रो ८जीबी ं २५६जीबी भेरियन्टमा उपलब्ध छ । फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई आकर्षक रंगमा आएको यो फोन आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुनेछ । ओपो ए६ प्रो नेपाली बजारमा ४०,९९९ मा उपलब्ध छ ।
