काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ प्रतिशतले बढेको छ । यस समीक्षा अवधि अर्थात असो मसान्तसम्ममा कम्पनीहरुले ३ अर्ब ६५ करोड ४० लाख १९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।
यस समीक्षा अवधिमा तीन कम्पनीको खुद बीमाशुल्क अघिल्लो वर्षको यसै अवधिको तुलनामा घटेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क घटेको हो ।
यस समीक्षा अवधिमा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १० प्रतिशतले बढी हो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९९ प्रतिशतले बढेको हो ।
नेको इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३ प्रतिशतले बढी हो । शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३ प्रतिशतले बढी हो ।
