काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो ।
बारा प्रशासनले बिहीबार भने प्रशासनले गर्नु पर्ने कार्य गरिरहेकाले औपचारिक वार्ता गरिरहन आवश्यक नरहेको जनाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य माग पूरा भइसकेकोले अब औपचारिक वार्ताको आवश्यकता नरहेको बताए । ‘छलफलका लागि जिल्ला प्रशासनको ढोका सबैका लागि सधैं खुल्ला छ,’ प्रजिअ मिश्रले भने ।
