Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पार्दै विभाग

Kamal Tamang November 21, 2025
1
Share On:


काठमाडौं ।  वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबार मात्र काठमाडौँका नौ वटा पानी उद्योगमा अनुगमन गरेको थियो ।

पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ । विभागले कोशी मिनिरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो ।

यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो । मङ्सिर २ गते विभागले विभिन्न आठ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई ५० हजार जरिवाना गरेको थियो । यस्तै, राजेश स्यानिटरी वेयरलाई ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई २० हजार जरिवाना गरेको थियो ।

त्यसैगरी, मङ्सिर १ गते विभिन्न पाँच वटा उद्योग तथा फर्ममा विभागले अनुगमन गरेको थियो । कैफियत देखिएको पाइएपछि विभागले कविता वेभरेज प्रालिलाई १० हजार जरिवाना गराएको थियो । बजारलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन विभागले नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागले स्थानीय सरोकारवालाको समेत साथ लिई बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारेको छ ।

Post navigation

Previous: बञ्चरे डाँडाका स्थानीय र सरकारबीच ११ बुँदे सहमति
Next: नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.