काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ प्रिमियम ट्याबलेट ‘ग्यालेक्सी ट्याब एस११’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रत्येक पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै, यो ट्याबले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ट्याब एस११ हाल नेपालभरिका सामसङ स्टोरमा १ लाख २९ हजार ९ सय ९९ रूपैयाँ (१२ जीबी : २५६ जीबी) मा उपलब्ध छ ।
सामसङका अनुसार ट्याब एस११ लाई प्रयोगकर्ताको सिर्जनशीलता र दक्षता दुवै बढाउने गरी तयार गरिएको छ । वन यूआई ८ मा निर्मित ग्यालेक्सी एआई क्षमताले लेख्ने, कोर्ने, अध्ययन गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यलाई अझ सहज र प्राकृतिक बनाउने छ ।
यसमा जेमिनाई लाइभ (रियल टाइम स्क्रिन सेयरिङ), ड्रइङ एसिस्ट, राइटिङ एसिस्ट, सर्कल टु सर्चजस्ता फिचर समावेश छन् । जसले प्रयोगकर्तालाई विनासम्झौता काम र अध्ययनमा सशक्त बनाउने कम्पनीको विश्वास छ ।
११ इन्चको एचडी डाइनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसरले ट्याब एस११ लाई उच्च प्रदर्शन र ऊर्जा दक्ष बनाएको कम्पनीले जनाएको छ ।
यसको अल्ट्रा–स्लिम डिजाइन, हल्का तौल र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा पनि सहज मल्टिटास्किङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । प्रडक्टिभिटीका लागि ट्याब एस११ मा नयाँ ‘सामसङ डेक्स एक्स्टेन्डेड मोड’ पनि समावेश गरिएको छ, जसले ट्याब र वाह्य मनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्नेछ ।
