Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२८ बुँदे प्रस्तावको आलोचनाः ट्रम्पले भने– यो अन्तिम सर्त होइन, संशोधन हुन सक्छ

Kamal Tamang November 23, 2025 1 minute read
1
Share On:


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्धविरामका लागि तयार पारिएको २८ बुँदे प्रस्ताव अन्तिम नरहेको बताएका छन्।शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूले प्रस्ताव गरेको २८ बुँदे योजना युक्रेनका लागि अन्तिम विकल्प नरहेको बताएका हुन्।

ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग परामर्श गरी रूसलाई नै बढी फाइदा हुने गरी युद्धविराम सम्झौताका लागि मस्यौदा तयार पारेका थिए। त्यसमा रूसले माग गरेअनुसार नै युद्धमा गुमाएको जमिन युक्रेनले रूसलाई दिनुपर्ने, नेटो सदस्य राष्ट्रमा सामेल हुन नपाउने, युक्रेनी सेनाको आकार ६ लाखमा घटाउनुपर्ने लगायतका सर्तहरू उल्लेख छन्।

ती प्रस्तावहरूमा सहमत हुनका लागि ट्रम्पले जेलेन्स्कीलाई नोभेम्बर  २७ सम्मको अल्टिमेटम दिएका थिए।शान्ति प्रस्ताव स्वीकार नगरे युक्रेनलाई गुप्तचर सहयोगदेखि हतियार आपूर्ति रोक्नेसम्को चेतावनी ट्रम्पले दिएका छन्।

अमेरिकाले रूसलाई फाइदा पुग्नेगरी प्रस्ताव गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू धर्मसंकटमा परेको बताएका थिए।उनले युक्रेनको स्वाभिमान, आत्मसम्मान र प्रतिष्ठा एकातिर र देशको मुख्य सहयोगी अर्कातिर राखेर दुई मध्ये एउटा रोज्नुपर्ने परिस्थिती रहेको बताएका थिए।

अमेरिकाले एकतर्फी ढंगले शान्ति प्रस्ताव तयार पारेपछि युरोपेली नेताहरूले त्यसको विरोध गरेका थिए।आइतबार स्विट्जरल्यान्डको जेनेभामा वेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका उच्च सुरक्षा अधिकारीबीच वार्ताको तयारी छ।

Post navigation

Previous: काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन
Next: सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.